शनिबार सदरमुकाम धादिङबेसीमा एक दिने नेतृत्व विकास र महिला शसक्तिकरण सम्बन्धि जिल्ला स्तरीय अन्र्तकृया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर महिला संघ धादिङको आयोजना तथा ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा सम्पन्न भएको हो । नेपाल मगर महिला संघ धादिङकी अध्यक्ष जुना राना मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगर महिला संघको केन्द्रीय अध्यक्ष विनिता आले मगर र उपाध्यक्ष हिरु राना मगरको विशेष आतिथ्यता रहेको थियो ।

साथै नेपाल मगर संघ धादिङका अध्यक्ष अमृता रेश्मी मगर, वरिष्ठ उपाध्यक्ष भोज बहादुर मगर, लाङघालि बहुउद्धेश्यीय सहकारी संस्था लि. धादिङका अध्यक्ष राजेन्द्र राना मगर लगाएतको आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा जिल्लामा रहेर विभिन्न क्षेत्रमा कृयाशिल मगर समुदायका महिलाहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं मगर महिला संघका केन्द्रिय अधक्ष्य विनिता आले मगरले हामी महिलाहरुले आफ्नो नेतृत्व विकास, महिला सहभागीता, महिला अधिकार, सशक्तिकरण, न्यायका साथै स्वरोजगार र उद्यमी बन्नुपर्ने कुरामा जोड दिनुभयो ।

साथै महिलाले घर परिवार देखि समाज र देशको विकास र परिवर्तनका निम्ति नेतृत्वदायी भूमिका निर्वाहको निम्ति तयार हुनुपर्ने बताउनुभयो ।

Facebook Comments